विद्यमान प्रतिस्पर्धात्मक वित्तिय बजारमा निक्षपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने गरि संस्थाले बचत योजनाहरु लागु गरेका छन्।
यो बचत संस्थाको शेयर सदस्य भएपछि अनिवार्यरुपमा सदस्यता रहुन्जेल न्यूनतम रु.१०० देखि रु.५०० सम्म नियमित बचत गर्नुपर्नेछ।
- यो एक प्रकारको स्वऐच्छिक क्रमिक बचत खाता हो, यस खातामा न्यूनतम रु.१,००० देखि रु.१०,००० सम्म नियमितरुपमा ३ वर्षसम्म बचत गर्नुपर्नेछ।
- तत् पश्चात एकमुष्ठरुपमा रकम फिर्ता गर्न सकिनेछ।
- यो एक प्रकारको स्वऐच्छिक क्रमिक बचत खाता हो।
- नारीहरुलाई प्राथमिकतामा राखि निर्माण गरिएको बचत खाता हो।
- यस खातामा न्यूनतम रु.५०० देखि रु.५,००० सम्म नियमितरुपमा ४ वर्षसम्म बचत गर्नुपर्नेछ।
- तत् पश्चात एकमुष्ठरुपमा रकम फिर्ता गर्न सकिनेछ।
- यो एक प्रकारको स्वऐच्छिक क्रमिक बचत खाता हो।
- निम्न आय भएका व्यक्तिहरुले पनि बचत गर्ने उद्धेश्य राखि यो बचतको निर्माण गरिएको हो।
- यस खातामा न्यूनतम रु.२०० देखि रु.५,०० सम्म नियमितरुपमा ५ वर्षसम्म बचत गर्नुपर्नेछ।
- तत् पश्चात एकमुष्ठरुपमा रकम फिर्ता गर्न सकिनेछ।
- आफ्ना नानी बाबुहरुको उच्च शिक्षा,व्यावसाय र विवाह आदिको लागि अग्रिम सोच
विचार गरि गरिने बचत नै बाल बचत हो। - यो बचत बच्चा जन्मेदेखि १६ वर्षसम्मको बालबालिकाहरुले जम्मा गर्न सक्नुहुनेछ।
- यस खातामा न्यूनतम रु.१०० देखि सो भन्दा माथिसम्म नियमितरुपमा १६ वर्षसम्म बचत गर्नुपर्नेछ।
- तत् पश्चात एकमुष्ठरुपमा रकम फिर्ता गर्न सकिनेछ।
- रु. १००० भन्दा बढि बचत गर्ने बाल बचतकर्ताको जन्मदिनमा रु. ५०० को केक खर्च पुरस्कार स्वरुप प्रदान गरिनेछ।
- आफ्ना नानी बाबुहरुको उच्च शिक्षा ,विवाह र व्यापार व्यावसय आदिको लागि अग्रिम सोच विचार गरि सानो सानो रकम खुत्रुकेमा जम्मा गरिने बचत नै खुत्रुके बचत हो।
- यस खातामा जम्मा गरेको रकम पाँच वर्ष अन्य खाता सार्न वा झिक्न सकिनेछ।
- अपाङ्गता वा अशक्त भएका व्याक्तिहरुलाई बचत गर्नको लागि प्रोत्साहन गर्न संचालन गरिएको बचत खाता नै अपाङ्गता बचत हो।
- यो बचत खाता निशुल्करुपमा संचालन गरिनेछ । यस खातामा जम्मा गरेको रकम एक बर्षमा निकाल्न पाइनेछ।
- विद्यार्थीहरुलाई बचत गर्ने बानीको विकास गर्न र सहकारी प्रति आकर्षण गर्नको लागि यो बचत योजना परिचालन गरिएको हो।
- यस बचत योजनामा न्यूनतम रु.२०० भन्दा बढि बचत गर्न सकिनेछ र बचत गरेको रकम २ वर्षमा एकमुष्ठ निकाल्न पाइनेछ।
यो बचत खाता ज्येष्ठ शेयर सदस्यहरुलाई प्रोत्साहन गर्न र सहजताको संचालन गरिएको खाता हो। यस खातामा जम्मा गरिएको रकम १ वर्षमा निकाल्न पाइनेछ।
यो बचत योजना दोव्वर बचत योजना हो, यस योजना न्यूनतम रु. २५,०००/– देखि १०,००,०००/– सम्म जम्मा गर्न सकिनेछ, जम्मा गरेको रकमको ६ वर्षमा दोव्वर भुक्तानी प्रदान गरिनेछ।
संस्थाले ५ किसिमको आवधिक बचत योजना संचालन गरेको छ।
- सताव्दी बचत ( १०० दिने)
- ६ महिने आवधिक बचत
- १ बर्षे आवधिक बचत
- २ वर्षे आवधिक बचत
- ३ वर्षे आवधिक बचत
- निश्चित रकम एकमुष्ठ वा नियमितिरुपमा निश्चित समयसम्म जम्मा गरेपश्चात निश्चिित रकम त्रैमासिकरुपमा फिर्ता गरिने बचतलाई पेन्सन बचत भनिन्छ।
- न्यूनतम बचत रु. ५००/– देखि ३,०००/– सम्म बचत गर्न सकिनेछ।
- बचतको समयावधि १२, १५, २० वर्षे हुनेछ।
- एकमुष्ठको हकमा ७ वर्षे हुनेछ।
समूह बचत, ऐच्छिक बचत, दैनिक बच, अक्षयकोष बचत आदि।