१) अन्त्येष्टि खर्च
स्वंयम सदस्यको कालगतीको कारणले मृत्युभएमा न्यूनतम रु.५ हजार देखि १५ हजारसम्म उपलव्ध गराउनेछ। तथा एकाघर परिवारको मृत्युभएमा काजक्रिया खर्चको लागि अधिकतम रु. ५० हजारसम्म ४५ दिनको लागि निव्र्याजे रकम उपलब्ध गराउनेछ।
२) मातृत्व सुविधाहरू
सदस्य वा सदस्यको श्रीमती सुत्केरी भएमा न्यूनतम रु.१ हजार देखि रु.२ हजारसम्म पोषण भत्ता बापत रकम साथै एक वटा खुत्रुके उपलब्ध गराउनेछ।
३) आकस्मिक समर्थन
शेयर सदस्यको दुर्घटनाको कारणले मृत्यु भएमा न्यूनतम रु. २० हजार र अधिकतम रु. १ लाखसम्म रकम उपलब्ध गराउनेछ।
४) सीआइ लाभहरू
घातक रोग सुविधा संस्थाको शेयर सदस्य भएको ६ महिना पश्चात लागेको रोगको हकमा लागु हुनेछ । यस्तो रोग लागेमा संस्थाले बढिमा रु. १०,०००/– आर्थिक सहयोग उपलब्ध गराउनेछ।
५) चौरासी पुजा
नियमित बचत गर्ने शेयर सदस्यहरुको चौरासी पूजामा न्यूनतम रु.२ हजार देखि ५ हजारसम्म सम्मान सहित रकम उपलब्ध गराउनेछ।