Loan & Advances

संस्थाले शेयर सदस्यहरुबाट संकलित बचत दायित्वलाई सदस्यहरु माझ सहकारी विभागद्वारा जारी सन्दर्भ ब्याजदरको कार्यन्वयन गरी सदस्यहरुलाई व्यवसायी र उद्धमी बनाउने उद्देश्यले निम्न प्रकारको ऋण सर्वसुलभ रुपमा प्रदान गरिएको छ।

एकीकृत कृषि कुखुरापालन, बँगुरपालन, माछापालन, हाँसपालन, मौरीपालन, कृषि वन, तरकारी खेती, फलफुल खेती, जडीवुटी खेती तथा प्रशोधन ,नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरिद, मलखाद खरिद, च्याउ खेती, पुष्प खेती, कफी खेती, चिया खेती, नर्सरी कृषि तथा पशुपालन ऋण भनिनेछ ।

  • ऋणको सिमा अधिकतम रु. २० लाखसम्म
  • समयावधि व्यावसायको प्रकृति अनुसार अधिकतम १० वर्ष

गाई, भैसी र बाख्रापालक किसानहरुको लागि संचालन गरिएको ऋण पशुधन ऋण हो। यस ऋणमा पशुको विमाको कागजपत्र राखी गाई, भैसाी तथा बाख्रा खरिद गर्नको लागि अधिकतम रु.१,५०,०००/– सम्म विना धितो ऋण प्रदान गरिनेछ।

आयत, निर्यात, होलसेल व्यापार, मिनि सुपर मार्केट, हस्तकला व्यापार, सुनचाँदी व्यापार, मझौला खालका खरीद तथा बिक्रिजन्य पसलहरु लगायतका व्यापारमा प्रदान गरिने ऋणलाई व्यवसायिक ऋण भनिनेछ।

  • ऋणको सिमा अधिकतम प्राथमिक पूँजिकोषको १० प्रतिशतसम्म
  • समयावधि व्यावसायको प्रकृति अनुसार अधिकतम १० वर्ष

सदस्य वा निजको एकाघरका परिवारको सदस्य रोजगारीका लागि विदेशमा जान (श्रम ईजाजत पत्र र भिसा प्राप्त भए पछि मात्र)को लागि दिइने ऋणलाई बैदेशिक रोजगार ऋण भनिनेछ। यस प्रकारको ऋण रोजगारीमा जाने देशको भिसा प्रक्रियाको लागि लाग्ने खर्च तथा टिकट खर्चका आधारमा मात्र प्रदान गरिनेछ।

  • ऋणको सिमा अधिकतम १० लाखसम्म हुनेछ
  • समयावधि अधिकतम ५ वर्षको हुनेछ

संस्थाका स्वामित्वमा आउन सक्ने खालका निजी प्रयोजन वा व्यवसायिक प्रयोजनका लागि सवारी साधन खरीद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ ।

गाडीको प्रकार प्रयोजनको प्रकार स्व लगानी प्रतिशत समयावधी
दुई पाङ्ग्रे व्यक्तिगत ४० प्रतिशत २ वर्ष
चार पाङ्ग्रे व्यक्तिगत ४० प्रतिशत ७ वर्ष
चार पाङ्ग्रे व्यवसायिक ३० प्रतिशत ७ वर्ष
तिन पाङ्ग्रे व्यवसायिक ३०-४० प्रतिशत ५ वर्ष
सो भन्दा मुनीको स्व लगानीमा गर्ने भएमा वा संस्थाले आवश्यक लागेमा अन्य धितो पनि रोक्का गर्नेछ।

स्वदेशी तथा विदेशी उच्च शिक्षाको लागि प्रदान गरिने ऋणलाई शैक्षिक ऋण भनिन्छ। यस प्रकारको ऋण प्राप्तीको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो स्थायी आयश्रोत हुनु पर्नेछ।

  • ऋणको सिमा अधिकतम १५ लाखसम्म लगानी गरिनेछ।
  • बैदेशिक शैक्षिक संस्थामा अध्ययनको हकमा भिसा र युनिभर्सिटीको स्विकृति पत्र।

घर तथा घडेरी खरिद कार्यको लागि प्रदान गरिने ऋणलाई घर तथा जग्गा विकास ऋण भनिनेछ।

  • ऋणको सिमा अधिकतम प्राथमिक पूँजिकोषको १० प्रतिशतसम्म
  • समयावधि व्यावसायको प्रकृति अनुसार अधिकतम १० वर्ष

शेयर सदस्यहरुलाई भवन तथा आवास निर्माण , मर्मत र भवन प्रबलिकरण ( रेक्टोफिटिङ्ग ) को लागि प्रदान गरिने ऋणलाई आवास ऋण भनिनेछ।

  • ऋणको सिमा अधिकतम प्राथमिक पूँजिकोषको १० प्रतिशतसम्म
  • समयावधि व्यावसायको प्रकृति अनुसार अधिकतम १० वर्ष
  • कुल लागतको ८० प्रतिशत मात्र लगानी गरिनेछ
  • भवन मर्मत र भवन प्रबलिकरणको हकमा अधिकतम रु. १० लाख सम्म मात्र लगानी गरिनेछ

शेयर सदस्यहरुले आफूसंग भएको सीप, कला प्रयोग गरि स्वारोजगार बन्ने उद्देश्यका साथ संचालन गरिने व्यावसयाहरु जस्तै पलम्वर, इलेक्ट्रिक मर्मत पसल, सिलाइकटाई, डकर्मी, सिकर्मी आदि कार्यको लागि गरिने लगानीलाई स्वरोजगार ऋण भनिनेछ।

  • ऋणको सिमा धितोमा अधिकतम १० लाखसम्म विना धितो रु.१ लाखसम्म गरिनेछ।
  • समयावधि अधिकतम ७ वर्षको हुनेछ।
  • कार्य अनुभव तथा सिपको प्रमाणपत्र भएको हुनुपर्नेछ।

सदस्य वा एकाघर परिवारमा अकस्मात पर्न आउने घटना (अकस्मात अस्पताल पुर्याउनुपर्ने अवस्था, सुत्केरी, झाडाबान्ता, ह्दयघात, सर्पदंश, दुर्घटना, दैविप्रकोप र मृत्यु आदि) का लागि प्रदान गरिने ऋणलाई आपतकालिन तथा आकस्मिक ऋण भनिनेछ।

  • ऋणको सिमा अधिकतम ३० हजारसम्म वर्षमा १ पटकमात्र।
  • समयावधि ३ महिनाको हुनेछ।

व्याक्तिगत ऋण भन्नाले घरयासी परियोजन, सामाजिक कार्य तथा अन्य कामको लागि प्रदान गरिने ऋणलाई व्यक्तिगत ऋण भनिनेछ।

  • ऋणको सिमा अधिकतम १० लाखसम्म हुनेछ
  • समयावधि अधिकतम ७ वर्षको हुनेछ