About Us

परिचय

यस “हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.” एक सामाजिक र प्रतिष्ठित संस्था हो । समाजमा  छरिएर रहेको पूँजिलाई एकिकृत गरि समाजलाई समृद्धिको बाटोमा हिडाउनको लागि स्थापना भएको एक सहकारी हो । “सहकार्य संगसगै समृद्धि” भन्ने मूल नारालाई आत्मासाथ गरि शेयर सदस्यहरुको सेवामा  निरन्तर लागिरहेकोछ  । वि.स.२०६७ साल माघ २ गते स्थापित यस संस्था तिन वटा सहकारी संस्थाहरु साविक हाम्रो साकोस , साविक सुपर साकोस र एकता महिला साकोस मिलि बनेको संस्था हो । यस संस्था वि.स. २०७७ सालमा राष्ट्रिय सहकारी बैकबाट उत्कृष्ट कारोवार गर्ने संस्थाबाट र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लि. र नेपाल सरकारको सुपरीवेक्षणमा संचालित प्रोवेसन पुरस्कारबाट पनि २०७७ सालमा  र बर्दघाट न.पा.बाट पनि उत्कृष्ट सहकारीको रुपमा २०८० सालमा सम्मानित भएको संस्था हो । नीति, विधि र प्रविधिमा आधारित सामुदायिक सहकारी संस्था हो ।

अध्यक्षको सन्देश

कुनै पनि सहकारी संस्थामा चाहिने पहिलो कुरा भनेको शुसासन र स्वनियम हो , दोस्रो भनेको नीति, नियम, सहकारी सिद्धान्त र प्रविधि हुन ,व्यवस्थापन र व्यवस्थापकको काम भनेको माथिको कुरा पालना गर्ने र गराउने हो । यति कुरा मात्र सहकारी संस्थामा परिपालन गर्न सकेको अवस्थामा सहकारी विकास र विश्वासनियता कायम गर्न सहज हुनेछ , त्यसकारण यस संस्थाको मुख्य ध्येय नै “समुदायको पहिलो रोजाइको शुसासनयुक्त सहकारी” बनाउनु नै मुख्य लक्ष्य रहेको कुरा सम्पूर्ण शेयर माझ राख्न  चाहन्छु ।

 

व्यवस्थापकको प्रतिबद्धता

सहकारी ऐन नियमावली तथा संस्थाको विनियम र नीति नियमको परिधि भित्र रही संस्थाको उद्देश्य अनुसार कार्यलाई व्यवस्थित बनाउनु ब्यबस्थापकको  मुख्य जिम्मेवारी हो । सदस्यहरुलाई सरल,सहज तरिकाले सुबिधा प्रदान  गर्नको लागि सहकारिमा लामो अनुभब भएका ब्यबस्थापन टिमबाट संचालन रहेको एक सस्था हो ,सहकारीमा शेयर सदस्य भनेका त्यस सस्थाको मालिक हुन् , ति मालिकलाई सन्तुष्ट र खुशी बनाउन समय सापेक्ष सुहाउदो र सदस्य मैत्री सुबिधा प्रदान गर्ने कुरा प्रतिबद्धता ब्याक्त गर्दछु ।

 

परिकल्पना

“समुदायको पहिलो रोजाईको शुसासनयुक्त वित्तिय सहकारी”

 

ध्येय

गुणस्तरीय सर्वसुलभ प्रविधिमैत्री,वित्तिय सेवा मार्फत सदस्यहरुको उद्यमशीलता सहितको समुन्ती